‘जाम सुस्तैसुस्तै, बेनी बजारैमा’ गीतमा बेनीको सौन्दर्य, प्रेम र ‘सकम्बरी’को रोमान्स

नेपालभ्युज

‘जाम सुस्तैसुस्तै, बेनी बजारैमा’ गीतमा बेनीको सौन्दर्य, प्रेम र ‘सकम्बरी’को रोमान्स

काठमाडौं। वरिपरि अग्लाअग्ला पहाडी थुम्का। म्याग्दी खोला र कालीगण्डकी दोभानको किनार। लमतन्न उत्तर–पश्चिम फैलिएको बजार। यो दृश्य म्याग्दीको सदरमुकाम बेनी बजारको हो।

बेनीको प्राकृतिक सौन्दर्य र अन्य विविधताले गर्दा नै बेनी सेरोफेरो पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण छ। यसै कारणले बेनी सेरोफेरोलाई अनुपम मानिन्छ। त्यही बजारबारे थुप्रै गीत बनेका छन्। केही चर्चामा पनि छन्।

पछिल्लो समय फेरि अर्को नयाँ गीत आएको छ, ‘जाम सुस्तै सुस्तै बेनी बजारैमा’। निरुषा भट्टराई पाण्डे र कृष्ण केसीको स्वर रहेको गीतमा चर्चित मोडल मोडल प्रेम थापा र कुसुम शर्मा‘सकम्बरी’को अभिनय छ।

कुसुम तिनै मोडल हुन् जो प्रकाश सपुतको सकम्बरी गीतमा अभिनय गरेर चर्चामा आएकी थिइन्। कला क्षेत्रमा छोरीमाथिको विभेद र कलाकार बन्न चाहेकी विपन्न युवतीमाथि भएको यौन शोषण देखाइएको पात्रमा अभिनय गरेकी कुसुमले ‘बेनी बजारैमा’ गीतमा मोडल प्रेम थापासँग स्क्रिन रोमान्स गरेकी छिन्।

शिव हमालले लेखेको गीतलाई कृष्ण केसीले सङ्गीत दिएका हुन्। भिडिओको कोरियोग्राफर मौसम हिमाली हुन्। बेनीको सुन्दर दृश्य खिच्न ड्रोन राम केसीले उडाएका हुन्। भिडिओको सम्पादन मिलन विश्वकर्माले गरेका हुन्। निरुषा भट्टराई पाण्डेको आधिकारिक युट्युब च्यानलमा भिडिओ अपलोड गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved