विश्वकप क्वालिफायर : नेदरल्यान्ड्सविरुद्ध नेपालले ब्याटिङ गर्दै

नेपालभ्युज

विश्वकप क्वालिफायर : नेदरल्यान्ड्सविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौं। आईसीसी एकदिवसीय क्रिकेट विश्वकप क्वालिफायरमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

जिम्बाब्वेस्थित टाकासिङ्गा स्पोर्ट्स क्लबमा केहीबेरमा सुरु हुने खेलमा नेदरल्यान्ड्सले टस जितेर बलिङले रोजेको हो ।

यसअघि भएका तीन खेलमा एक खेल मात्रै जितेको नेपाल यो खेलमा पनि पराजित भए चरणबाटै बाहिरिने छ ।

आज नेदरल्याड्सलाई पराजित गरेमा भने नेपालको सुपर सिक्समा जाने सम्भावना कायम हुनेछ।

तर, यसका लागि नेदरल्यान्ड्स र वेस्ट इन्डिजको खेल निर्णायक हुनेछ। खेलको सिनारियो अनुसार नेपाल अघिल्लो चरण जान नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पराजित हुनुपर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved