एजेन्सी । इमलीमा पनि धेरै फाइदाजनक तत्व हुन्छन् । त्यसैले गर्मी मौसममा इमलीको पानी बनाएर पिउनु राम्रो हुन्छ । यसले डिहाईड्रेशनको समस्या कम गर्छ । यसका अन्य फाइदा पनि छन् ।
इमलीमा पोटाशियम, भिटामिन ए, सी तथा आइरन र क्याल्सियम जस्ता पोषक तत्व पाइन्छन् ।
इमलीको पानी पिउनु तौल कम गर्नका लागि पनि एकदमै लाभदायक हुन्छ । यसले शरीरको मेटाबोलिज्म बढाउँछ र शरीरमा भएको अतिरिक्त बोसो कम गर्न सहयोगी हुन्छ ।
इमलीको पानीले इम्यूनिटी सिस्टम बलियो बनाउँछ । यसमा हुने भिटामिन सीको मात्राले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
इमलीको पानी पिउँदा पेटका लागि पनि धेरै प्रकारले लाभदायक हुन्छ । यसलाई पिउँदा कब्जियत, ग्यास जस्ता समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
त्यस्तै छालाका लागि पनि यो फाइदाजनक हुन्छ । यसमा भिटामिन ‘सी’ भरपूर मात्रामा पाइन्छ जसले आँखाको तल आउने कालो धब्बा कम गर्छ । साथै डन्डीफोर हटाएर अनुहार चम्किलो बनाउँछ ।
Facebook Comment
Comment