एजेन्सी । विगत केही समयदेखि विवाह र बच्चालाई लिएर मानिसको सोंचमा तीव्र गतिमा परिवर्तन आइरहेको छ । करिअर तथा एउटा राम्रो जीवनशैलीको अपेक्षामा जीवनमा कैयौं महत्वपूर्ण निर्णयहरु गरिरहेका छन् । ढिला आमाबुवा बन्ने वा बच्चा नै नजन्माउने अहिले ट्रेन्डमा छ ।
खासगरी हाम्रो जस्तो समाजमा विवाहपछि बच्चा जन्माउने विषयलाई महत्व दिइन्थ्यो । विवाहपछिको अनिवार्य काम जसरी नै यसलाई लिइने गरिन्थ्यो । यस्तोमा बच्चालाई लिएर परिवर्तित विचारका बारेमा विभिन्न विशेषज्ञहरुसँग हामीले बुझ्ने प्रयास गरेका थियौं । उनीहरुको विचारमा आधारित रहेर यस्तो परिवर्तित विचारका बारेमा निस्किएको निष्कर्ष यस्तो छ ।
करिअरलाई प्राथमिकता
हिजोआज शहरी क्षेत्रमा सामान्य रुपमा श्रीमान तथा श्रीमती दुबै काम गर्ने गर्छन् र दुबैलाई आफ्नो करिअरलाई लिएर आशा हुन्छ । यस्तोमा उनीहरुलाई लाग्ने गर्छ कि छिटो बच्चा जन्माउँदा उनीहरु मध्ये एकले आफ्नो काम छोड्नुपर्ने हुन्छ ।
यस्तोमा त्यस्ता जोडीहरुले आफ्नो इच्छा आकांक्षा पूरा गर्नका लागि करिअर राम्रो भएपछि मात्र बच्चा जन्माउने सोच्ने गर्दछन् । त्यस्तै कतिपयले त बिना बच्चा नै जीवन गुर्जार्ने निर्णय पनि गर्छन् ।
परिपक्वताको कमी
अहिलेको समयमा धेरै जोडीहरुको विचार के छ भने, यदी उनीहरु कम उमेरमै आमाबुवा बने भने उनीहरुले बच्चाको जिम्मेवारी राम्रोसँग निभाउन सक्दैनन् । उनीहरुको विचारमा बच्चाको जिम्मेवारी लिन तथा आफ्नो बच्चालाई राम्रोसँग रेखदेख गर्नका लागि उनीहरु अझै परिपक्व भइसकेका छैनन् ।
साथमा धेरै समयको चाहना
कतिपय जोडीहरुको विचारमा उनीहरुले विवाहपछि आफूहरु नै एकअर्काबीच समय बिताउन चाहन्छन् । यस्तोमा उनीहरुले बच्चाको योजना बनाउँदैनन् । अहिलेका जोडीहरु सँगै देशविदेश घुम्न तथा नयाँ नयाँ कामहरु गर्न चाहन्छन् जसले गर्दा उनीहरु परिवार बनाउनेबारे सोच्न पनि चाहँदैनन् । यही विचारले गर्दा कतिपय जोडीहरु धेरै ढिला मात्र बच्चाको योजना बनाउँछन् ।
भविष्यलाई लिएर नकारात्मक सोंच
अहिले मानिसहरु सामाजिक सञ्जालको धेरै प्रयोग गरिरहेका छन् । जसबाट उनीहरु संसारभरका खबर तथा घटनाहरु मिनेटमै थाहा पाउँछन् । सामाजिक सञ्जालको अत्यधिक प्रयोगले केही मानिस डुम स्क्रालिंग (दुर्घटना, युद्ध, मृत्यु, प्राकृतिक विपदका सबै खबरहरुलाई स्क्रल गरिरहने बानीलाई प्रयोग गरिने शब्द) को शिकार भएका छन् । जसले गर्दा संसारको भविश्यप्रति एउटा नकारात्मक सोच बनाउने गर्छन् । यो यति हदसम्म बढ्छ कि उनीहरु नयाँ बच्चालाई यो दुनियाँमा ल्याउनै चाहँदैनन् ।
स्वन्त्रताको चाहना
केही जोडीहरु आफ्नो स्वतन्त्रता लाई नष्ट गर्न चाहँदैनन् । जसले गर्दा उनीहरु बच्चा ढिला बनाउँछन् । उनीहरुको विचारमा बच्चा पाल्नु भनेको धेरै जिम्मेवारीको काम हो, जसलाई उठाउन उनीहरु चाहँदैनन् ।
त्यो भन्दा बरु आफ्ना लागि अन्य नयाँ नयाँ इच्छाहरु जगाउँछन्, पार्टी गर्ने, घुम्ने आदिमा समय बिताउँछन् । आफूलाई मन पर्ने काममा समय बिताउन चाहन्छन् ।
Facebook Comment
Comment