राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको एक वर्ष पूरा, आज चियापान सहितका विभिन्न कार्यक्रम

रवि लामिछानेको सभापतित्वमा गत वर्षको असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको थियो ।  असारमा स्थापना भएको पार्टीले मंसिरमा भएको चुनावमा अविश्वसनीय सफलता हात पारेको छ ।

नेपालभ्युज

राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको एक वर्ष पूरा, आज चियापान सहितका विभिन्न कार्यक्रम

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना भएको एक वर्ष पूरा भएको छ ।

रवि लामिछानेको सभापतित्वमा गत वर्षको असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको थियो ।  असारमा स्थापना भएको पार्टीले मंसिरमा भएको चुनावमा अविश्वसनीय सफलता हात पारेको छ ।  मंसिरमा भएको चुनावमा २० सिट जितेको रास्वपाका स्वर्णीम वाग्लेले उप निर्वाचनमा तनहुँबाट जितेपछि २१ सिट पुगेको छ ।

वार्षिकोत्सवका अवसरमा रास्वपाले विभिन्न कार्यक्रम गर्दैछ । विहान १० बजे केन्द्रीय र संसदीय दलको संयुक्त बैठक बस्दैछ । ११ बजे पत्रकार सम्मेलन हुँदैछ भने १ बजेदेखि ५ बजेसम्म चियापान हुँदैछ । चियापान बनस्थलीको पार्टी कार्यालयमा हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, निजी क्षेत्रका संघ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved