काठमाडौं। मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ। साताको तेस्रो दिन बजार परिसूचक नेप्से २६.५६ अंकले गिरावट हुँदा २०६४.८२ को विन्दुमा बन्द भएको हो ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ४ अर्ब ११ करोड ६ लाखको कारोबार भएको हो ।
आज लगानी, उत्पादनमूलक र व्यापार उपसूचकमा सामान्य वृद्धि भएको छ भने बैंकिङ उपसूचकमा सामान्य मात्रै गिरावट भयो । आज बिमा हाइड्रोपावर, वित्त कम्पनी र विकास बैंक उपसूचकमा उच्च अंकको गिरावट हुँदा नेप्सेमा पनि १.२७ प्रतिशतले गिरावट भएको हो ।
मंगलबार नेप्सेमा कुल २२३ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १९३ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २८ कम्पनीको सेयरमूल्य बढेका छन् । यस्तै २ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
Facebook Comment
Comment