काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनसन सुरू गरेका छन् । आफूमाथि कुटपिट गरेको घटनाको मुद्दा सरकारले फिर्ता गर्ने निर्णय गरेपछि त्यसको विरोध जनाउँदै सोमबार उनले त्रिभुवन विश्वविद्यालय परिसरमा अनसन सुरू गरेका हुन् ।
जेठ ३० गते मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय गरेपछि आफूले न्याय पाउने सबै बाटो बन्द भएको भन्दै उनी अनसनमा बसेका हुन् ।
२०७७ असोज २० गते नेविसंघका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत सात जनाले उपप्राध्यापक चलाउनेमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका उपप्राध्यापकको ज्यान मार्ने उद्योग कसुरको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।
सोमबार बिहान काठमाडौं जिल्ला अदालत परिसरमै अनसन बस्ने तयारी गरेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर दिउँसो छाडेको थियो ।
Facebook Comment
Comment