बच्चामा देखिने दुधको एलर्जी

नेपालभ्युज

बच्चामा देखिने दुधको एलर्जी

एजेन्सी । दुधबाट हुने एलर्जीको समस्या दुधमा पाइने प्रोटिन नपचेको खण्डमा आउने गर्छ । बच्चालाई दुधबाट एलर्जी भएको खण्डमा विभिन्न लक्षणहरु देखिन सक्छन् । जसलाई बेलैमा जानेर त्यसबाट बच्चालाई जोगाउन सकिन्छ ।

  •  ल्याक्टोज इनटलरेन्स बच्चाहरुलाई दुध पिएपछि पेट दुख्ने समस्या हुन सक्छ । दुध पिउँदा बित्तिकै ट्वाइलेट जानु पनि यसको कुराको संकेत हुन सक्छ ।
  •  यदी बच्चाले दुध पिउँदा बित्तिकै उसको जिब्रो तथा घाँटी चिलाउने तथा सुन्निने जस्तो समस्या पनि दुधबाट हुने एलर्जीको संकेत हो । बच्चामा प्रायः एक्जिमाको कारण पनि दुधबाट एलर्जी हुन थाल्छ ।
  •  दुध पिएपछि यदी बच्चाको आँखाबाट पानी आउने तथा नाक बग्न शुरु हुन्छ भने उसलाई दुध पिउन दिनु हुँदैन । यस्तो समस्या धेरै कारणले हुने गर्छ । कतिपय वंशाणगुगत समस्या पनि हुन्छ ।
  •  त्यस्तै दुध पिउँदा पेट फुल्ने समस्या पनि हुन सक्छ । दुध पिएपछि पेट फुल्छ भने पनि दुधको एलर्जी छ भन्ने संकेत हुन सक्छ ।
  •  दुध पिएपछि बच्चालाई वाकवाकी हुने तथा वान्ता आउने खालको समस्या हुन्छ भने पनि दुधको एलर्जीको संकेत हो । ल्याक्टोज इनटलरेन्स भएका बच्चालाई प्रायः दुध पिएपछि वान्ता आउँछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved