नागरिकताको विषयमा सत्ता पक्षले नै राजनीतिकरण गरिरहेको छ : राजेन्द्र लिङदेन

नेपालभ्युज

नागरिकताको विषयमा सत्ता पक्षले नै राजनीतिकरण गरिरहेको छ : राजेन्द्र लिङदेन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकताको विषयमा सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नागरिकताको समस्या समाधान गर्ने भए तत्काल नागरिकता विधेयक संसदमा ल्याउन पनि सरकारलाई दबाब दिए।त्यसको कन्टेन्टमा छलफल गरेर फास्ट ट्रयाकबाट सो विधेयक पारित गर्न आफूहरूको कुनै आपत्ति नरहेको अध्यक्ष लिङदेनको भनाइ थियो।

उनले सत्तापक्षले नेपाली नागरिकलाई नागरिकता नदिने काम प्रतिपक्ष दलहरूबाट भएझैं गरेर गलत प्रचार गरिरहेको भन्दै आपत्ति जनाए।

अध्यक्ष लिङदेनले भारतलाई खुसी बनाउन र नागरिकता नपाएका नागरिकहरूलाई पनि खुसी बनाउने सरकारले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराए पनि पीडितलाई नागरिकता दिने नियत नभएको नदेखिएको पटकपटक दोहोर्‍याए।

लिङदेनले नागरिकताको विषयमा राजनीतिकरण नगर्न सत्तारुढ दलहरूलाई आग्रह गर्दै त्यो समस्या समाधान हुने गरी विधेयक संसदमा ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved