काठमाडाैँ। भारतीय योग गुरु एवं पतञ्जलि योगपिठका संचालक स्वामी बाबा रामदेव र आचार्य बालकृष्णले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन्।
प्रचण्डलाई भेट्न रामदेव र बालकृष्ण बिहीबार अपराह्न खुमलटारस्थित प्रचण्ड निवासमा गएका थिए।
यसै क्रममा उनीहरुले प्रचण्ड पत्नी सीता दाहाललाई समेत भेटेका छन्। सीताको स्वास्थअवस्थाको जानकारी लिँदै स्वास्थ्य लाभको कामना पनि गरेका छन्।
योग, अध्यात्म, प्राणायामका साथ आयुर्वेदको प्रचारप्रसार गरिरहेका रामदेव पतञ्जलि योगपीठ ट्रस्टका सञ्चालक हुन्। नेपालमा टेलिभिजन सञ्चालनको योजना बनाएका उनी सोही सिलसिलामा काठमाडौं आएका हुन्। नेपालमा स्याटलाइटमार्फत पतञ्जलि र आस्था नेपाल टेलिभिजन प्रशारण गर्ने योजना अनुसार उनी काठमाडौं आएका हुन्।
शुक्रवार बालुवाटारस्थित योग पीठ नेपालको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमामा टेलिभिजनको स्थापना गर्ने कार्यक्रम छ।
Facebook Comment
Comment