एजेन्सी । हिन्दु धर्ममा १६ संस्कारहरु मध्ये एउटा कर्ण वेध संस्कार (कान छेड्ने संस्कार) को उल्लेख गरिएको पाइन्छ ।
यस कडीमा यो नवौं संस्कार हो कर्णवेध संस्कार । जस्तो कि हिन्दु संस्कारका पछाडि कुनै न कुनै वैज्ञानिक कारण पनि हुने गर्दछ । यस संस्कारको पछाडि बच्चाको सुन्ने क्षमताको विकास हुने तथा उसको इम्यूनिटी पनि बलियो हुने बताइएको छ ।
कर्णवेध संस्कार अनुसार कानमा जो आभूषण लगाइन्छ त्यसले बच्चाको सुन्दरता पनि बढ्छ । यसमा केटाहरुलाई दायाँ र केटीहरुको बायाँ कानलाई पहिला प्वाल पार्ने परम्परा रहेको छ । आज जानौं कर्ण वेध संस्कारका पछाडि के कारण छ र कान प्वाल पार्ने क्रममा कस्तो कुराहरुलाई ध्यान दिनु पर्दछ ।
यस संस्कारको बारेमा चलिआएको मान्यता अनुसार बच्चाको जन्मको दसौं, बाह्रौं, सोह्रौं दिन वा छैठौं, सातौं, आठौं महिनामा गर्न सकिन्छ । बालक शिशुको पहिले दायाँ कान त्यसपछि बायाँ कान र कन्याको पहिले वायाँ कान त्यसपछि दायाँ कान छेड्नु पर्दछ ।
यस संस्कार अनुसार दुईवटा लाभ हुन्छन् पहिलो राहु र केतु सम्बन्धी प्रभाव समाप्त हुन्छ र दोस्रो संन्तान स्वस्थ रहन्छन् साथै उनीहरुलाई रोगले नसताओस् भन्ने हुन्छ ।
कान छेड्नुका फाइदा
– कान छेड्नाले सुन्ने क्षमता बढ्छ ।
– आँखाको रोशनी पनि तेज हुन्छ ।
– कान छेड्दा तनाव पनि कम हुन्छ ।
– नराम्रो शक्तिको प्रभाव घट्छ साथै व्यक्ति दिर्घायु हुने मान्यता छ ।
– यसले मस्तिष्कमा रक्तसञ्चार समुचित प्रकारले हुन्छ जसले गर्दा दिमाग तेज हुन्छ ।
– कानको तल्लो भागमा दबाव पर्दा तनाव कम हुन्छ । साथै दिमागका अन्य समस्याहरुबाट पनि बच्न सकिन्छ ।
– पुरुषहरुले कान छेड्नाले उनीहरुमा हुने हर्नियाको विमारी हुँदैन ।
– मान्यताअनुसार कान छेड्दा व्यक्तिको रुपमा पनि निखार आउँछ ।
– हिन्दु शास्त्रअनुसार कान छेड्नाले राहु र केतुको प्रभावको असर सकिन्छ । जीवनमा आउने आकस्मिक संकटका कारण राहु र केतु नै हुन्छन् त्यसैले कान छेड्नु जरुरी हुन्छ ।
कान छेड्दा ध्यान दिनुपर्ने कुरा
बच्चा एकदमै संवेदनशील हुन्छन् । पहिलो पटक कानमा प्वाल पार्दा धेरै नै कुराहरुका बारेमा ध्यान दिनुपर्ने हुन्छ । कोही अनुभवी व्यक्तिबाट नै कान छेड्नु पर्दछ । कान छेड्ने सुई फोहोर छ वा त्यसमा खिया लागेको छ भने त्यसले हेपाटाइटिस बी, टिटनेस तथा एचआईभी जस्ता संक्रमण तथा विमारीहरु हुने खतरा हुन्छ । त्यसैले यस्तो कुरामा पनि विशेष ध्यान दिनु पर्दछ ।
Facebook Comment
Comment