एकदिवसीय विश्वकप क्रिकेटको छनोट: नेपालले जिम्बावेसँग खेल्दै

नेपालभ्युज

एकदिवसीय विश्वकप क्रिकेटको छनोट: नेपालले जिम्बावेसँग खेल्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले आज आईतबार जिम्बावेसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे हरारेको हरारे स्पोर्टस क्लब मा सुरु हुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेष्ट मान्यताप्राप्त देशसँग अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्दैछ ।

विश्व कप छनोटअघि नेपालले पछिल्ला १७ मध्ये १६ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हात पारेको छ ।

विश्व कप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् ।

दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कप खेल्न पाउनेछन् ।

विश्वकप क्रिकेट छनोट : जिम्बाब्वेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved