कोरियन जस्तो फिट शरीर बनाउन गर्नुहोस् यस्तो कसरत

नेपालभ्युज

कोरियन जस्तो फिट शरीर बनाउन गर्नुहोस् यस्तो कसरत

एजेन्सी । कोरियन वेटलस डाइटलाई पप डाइटको नामले पनि चिनिन्छ । कोरियनहरुको फिटनेसलाई एकदमै मन पराइन्छ । टिनएजर्सका बीच यसको लोकप्रियता झन बढी छ ।

यदि तपाईं पनि उनीहरुको जस्तै फिटनेस चाहनुहुन्छ भने उस्तै वर्कआउट अपनाउनु पर्ने हुन्छ । आउनुहोस् जानौं–

  • कोरियन मानिस आफ्नो तौल कम गर्न तथा शारीरिक स्वास्थ्यलाई सन्तुलित बनाइराख्न नियमित रुपमा पिलेट्स गर्दछन् ।
  • अर्को कसरत रहेको छ पेन्गुइन । यस कसरतमा तपाई आफ्नो काँधमा फोकस गर्नुपर्दछ । यसलाई गर्न एकदमै सजिलो हुन्छ ।
  • कोरियामा सन्तुलित अभ्यासका लागि स्लिंग ट्रेनिंग एकदमै लोकप्रिय छ । यसबाहेक यो हाई इन्टेन्सिटी इन्टरवल ट्रेनिंग वर्कआउट दक्षिण कोरियाई महिलामाझ एकदमै लोकप्रिय छ ।
  • कम क्यालोरी भएका खाना खानु पनि उनीहरुको दैनिकीमा पर्दछ । यस खानपिनमा खाना थोरै वा धेरै कुनै सिमा हुँदैन । तर नियमित कम क्यालोरी नै खानुपर्छ भन्छ ।
  • क्यालोरी कम खाने भएकाले खानामा यो खाने वा त्यो खाने भनेर तोकिएको छैन । यसमा फ्राईज आदि पनि सेवन गर्न सकिन्छ । तर क्यालोरीलाई भने ध्यान दिनुपर्ने हुन्छ ।
  • उनीहरु चिनी धेरै खानबाट पनि बच्ने गर्दछन् । चिनीको मात्रा कम गर्दा पनि तौल कम गर्न एकदमै सजिलो हुन्छ ।
  • साथै धेरै बोसोयुक्त खानेकुराबाट बच्नु पर्दछ । बोसोयुक्त खाना खाँदा तौल छिटो बढ्ने तथा नघट्ने समस्या हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved