एजेन्सी । नहाउनु हाम्रो शरीरको लागि दैनिक आवश्यक प्रक्रिया हो । नुहाउँदा शरीरको सरसफाई हुनुका साथै चुस्ती तथा फूर्ति पनि बनिरहन्छ । दिनभर काम गरेर थाकेपछि घरमा आएर नुहाउँदा थकान मेटिनुका साथै आराम महसुस हुन्छ । कतिपयले बिहान नुहाउँछन् भने कतिपयले साँझमा नुहाउन राम्रो मान्छन् ।
कतिपय बेला नुहाउनु सही हुन्छ भन्नेबारे पनि जान्नु पर्दछ । तर आज हामी जान्नेछौं नुहाउँदा गर्ने केही गल्तीका कारण छालामा समस्या पनि आउन सक्छ भन्नेबारे जान्ने प्रयास गर्नेछौं ।
गलत साबुनको प्रयोग
हाम्रो शरीरमा राम्रो तथा नराम्रो दुबै प्रकारका ब्याक्टेरिया पाइन्छन् । शरीरमा विमारी फैलाउने किटाणुहरुलाई मार्नका लागि एन्टीब्याक्टेरियल साबुनको प्रयोग गर्ने सल्लाह दिइन्छ । तर कतिपय अवस्थामा यसले शरीरका राम्रो ब्याक्टेरिया पनि मर्न थाल्छन् ।
त्यहीँ कतिपय साबुनहरुले छालालाई एकदमै सुख्खा बनाउँछन्, यसले शरीरमा खराब ब्याक्टेरिया प्रवेश गर्ने सम्भावना बढ्दछ । त्यसैले नुहाउनका लागि यस्तो साबुन छान्नुहोस् जो एकदमै लाइट होस् र जसमा तेल तथा क्लेन्जरको गुण समावेश होस् । यदि तपाईंलाई चिलाउने समस्या छ र छाला एकदमै संवेदनशील छ भने एकदमै धेरै बासनादार साबुनको प्रयोगबाट बच्नुहोस् । यसले छाला झनै ड्यामेज हुन सक्छ ।
लामो समय एउटा तौलिया प्रयोग गर्नु
भिजेको तौलियामा कैयौं प्रकारका भाइरस तथा ब्याक्टेरिया हुन्छन् । जसले गर्दा फंगस, चिलाउने तथा कैयौं प्रकारका संक्रमण हुने खतरा रहन्छ । यदि तपाईं यस्ता समस्याबाट बच्न चाहनुहुन्छ भने तौलियालाई छिटो छिटो परिवर्तन गर्नुपर्दछ । एउटै तौलिया लामो समय प्रयोग गर्नु हुँदैन ।
लुफा सफा नगर्नु
शरीरलाई स्क्रब गर्नका लागि प्रयोग गरिने लुफालाई राम्रोसँग सफा गरिएन भने पनि यसले समस्या ल्याउन सक्छ । राम्रोसँग सफा नगरिएको लुफा वा जालीमा खराब ब्याक्टेरियाहरु जम्मा भएका हुन्छन् । जो नुहाउने समयमा शरीरमा प्रवेश गर्दछन् ।
तातो पानीले नुहाउनु
एकदमै तातो पानीले नुहाउनु छालाका लागि राम्रो मानिदैन । यसले छालामा हुने प्राकृतिक तेललाई नष्ट गर्ने गर्दछ । जसले गर्दा छाला एकदमै सुख्खा हुने गर्दछ । छाला सुख्खा भयो भने चिलाउने समस्या पनि हुन सक्छ । त्यसैले एकदमै धेरै तातो पानी भन्दा मनतातो वा चिसो पानीले नुहाउनु नै राम्रो हुन्छ ।
कपाल छिटो छिटो धुने
यदि तपाईं नुहाउने समयमा दैनिक कपाल पनि धुनुहुन्छ भने यो कपालका लागि राम्रो हुँदैन । यसले कपाल ड्यामेज हुन सक्छ । कपाल झर्ने, टुक्रिने, सुख्खा हुने, चायाँ आउने आदि समस्याहरु देखिन सक्छ । त्यसैले यसरी दैनिक कपाललाई धुनुबाट बच्नुहोस् ।
Facebook Comment
Comment