प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहाललाई नर्भिकमा लगियो

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहाललाई नर्भिकमा लगियो

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई नर्भिक अस्पताल लगिएको छ । सोमबार दाहाललाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको हाे ।

लामो समय मेडिसिटी अस्पताल र सुमेरु अस्पतालमा उपचार भएकोमा पछिल्लो समय सीताको घरमै उपचार हुँदै आएको थियो । तर, आज सीतालाई फलोअप उपचारका लागि नर्भिकमा ल्याइएको अस्पताल स्रोतले जनाएको छ।

सीता दाहालको स्वास्थ्य अवस्था जटिल रहेको छ । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved