एजेन्सी । शिमला मिर्च र यसका बीजमा पोषक तत्वहरुको भण्डार हुन्छ ।
जो स्वास्थ्य सम्बन्धी समस्याहरुबाट छुट्कारा पाउनका लागि सहयोगी हुन्छ । आउनुहोस् बच्चाहरुलाई शिमला मिर्च खुवाउँदा हुने फाइदाहरुका बारेमा जानौँ –
– बच्चाहरुको इम्यूनिटी कमजोर हुने भएकाले उनीहरु छिटो छिटो विमारी हुन्छन् । यस्तोमा उनीहरुलाई शिमला मिर्च खुवाउनु एकदमै फाइदाजनक हुन्छ । यसमा पाइने भिटामिन तथा मिनरल्सले बच्चाको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।
– शिमला मिर्चमा भिटामिन डी र क्याल्सियम भरपूर मात्रामा पाइन्छ । बच्चाहरुले नियमित रुपमा यसको सेवन गरेमा उनीहरुको हड्डी बलियो हुन्छ ।
– त्यस्तै आँखाको स्वास्थ्यका लागि पनि शिमला मिर्च राम्रो मानिन्छ । यसमा भिटामिन ए को राम्रो मात्रा पाइन्छ जसले आँखालाई स्वस्थ बनाउँछ ।
– शिमला मिर्चमा फाइबर प्रसस्त हुन्छ जसले गर्दा पेट सम्बन्धी समस्याहरु हुँदैन । यसले पेट सफा गर्नुका साथै कब्जियत तथा ग्यासको समस्या हुन दिँदैन ।
– शिमला मिर्चमा एन्टीअक्सीडेन्ट गुण हुने भएकाले शरीरलाई डिटक्स गर्ने काम गर्छ । यसको नियमित सेवनले बच्चाको शरीरमा जम्मा भएका विकारहरु बाहिर निस्कन्छन् ।
Facebook Comment
Comment