बालिका बन्धक बनाइ यौन कार्यमा लगाएको आरोपमा एक पक्राउ

बालिका बन्धक बनाइ यौन कार्यमा लगाएको आरोपमा एक पक्राउ

काठमाडौं। बालिकालाई जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित नेवारी खाजा घरका सञ्चालक नेत्रलाल ज्ञवालीलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ।

उनी लगायतका व्यक्तिले ती बालिकालाई गएको वैशाखदेखि बन्धक बनाई धाकधम्की दिएर विभिन्न व्यक्तिसँग शारीरिक सम्पर्क गर्नसमेत लगाउने गरेको खुलेको ब्यूरोले जनाएको छ। बालिकालाई घरसमेत जान नदिई कोठा तथा अन्य गेष्ट हाउसमा पुर्‍याएर दैनिक तीनदेखि पाँच जनासम्म शारीरिक सम्बन्ध गाँस्न लगाएको भेटिएको प्रहरीले बताएको छ।

होटलमा प्रहरी निरीक्षणमा आउँदा भने बालिकालाई आफ्नो स्वेच्छाले होटलमा काम गर्न आएको भन्न लगाउने गरेको समेत खुलेको छ। यसरी जबर्जस्तीरूपमा यौन कार्यमा लगाइएकी ती बालिकालाई गत भदौ २५ मा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उद्धार गरेको थियो। त्यसपछि प्राप्त जाहेरीका आधारमा अनुसन्धान गर्दा ज्ञवालीलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप तथ्य बुझ्ने कार्य जारी राखिएको प्रहरीले जनाएको छ।

उनीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved