काठमाडौं। ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८० सुरु भएको छ। जेठ १५ गतेबाट सुरु भएको प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले उद्घाटन गरेका थिए।
‘म, मेरो देश र मेरो सिर्जना’ अवधारणामा सुरु भएको प्रदर्शनीमा देशभरका लोककला, परम्परागत चित्रकला, मूर्तिकला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफी कला, प्रतिस्थापन कला, कार्टुन, भावभङ्गी कला, क्यारिकेचर सहित ६०९ जना कलाकारका ६९५ कलाकृति राखिएका छन् ।
प्रदर्शनी अन्तर्गत लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृति नेपाल कला परिषद्, बबरमहलमा र समसामयिक चित्रकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका कलाकृति नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा गरिएको छ। प्रदर्शनी यही जेठ ३० गतेसम्म चल्नेछ।
तस्वीरहरू:-

Facebook Comment
Comment