एजेन्सी। बालोन डी’ओर विजेता करिम बेन्जेमाले रियल म्याड्रिड छोडेपछि साउदी अरेबियाको च्याम्पियन अल-इतिहादसँग तीन वर्षको सम्झौता गरेका छन् ।
बेन्जेमाले यसै हप्ता स्पेनिस क्लब रियल मड्रिड छाडेका थिए ।३५ वर्षीय फ्रान्सेली स्ट्राइकर बेन्जेमाले रियल मड्रिडमा १४ वर्षमा ५ च्याम्पियन्स लिग र चार ला लिगासहित २५ ट्रफी जितेका थिए ।
उनले रियलका लागि ३५४ गोल गरेका छन् जुन क्रिस्टियानो रोनाल्डोपछि दोस्रो हो ।रियलमा ४५० गोल गरेका रोनाल्डो अर्को साउदी क्लब अल-नासरबाट खेलिरहेका छन् ।
“यो राम्रो लिग हो र त्यहाँ धेरै राम्रा खेलाडीहरू छन्,” बेन्जेमाले भने, “क्रिस्टियानो रोनाल्डो पहिले नै त्यहाँ छन्, म युरोपमा जस्तै जित्नको लागि यहाँ छु।’
अल-इतिहाद वुल्भ्स र टोटेनहम पूर्व मालिक नुनो एस्पिरिटो सान्तो द्वारा सञ्चालित क्लब हो । अल-इतिहाद चार प्रमुख साउदी अरेबियाका क्लबहरू मध्ये एक हो जुन देशको सार्वजनिक लगानी कोषको लगानीमा छ । यसै कोषको स्वामित्व न्यूक्यासल युनाइटेडसँग पनि छ।
यस्तै पेरिस सेन्ट जर्मेइन छाडेका लियोनल मेस्सीले पनि साउदीको अल हिलाल क्लबसँग जोडिने तयारी गरेका छन् । गत वर्ष साउदीको अल नासरमा जोडिएका क्रिष्टियानो रोनाल्डोलेले साउदीको प्रो लिग अब विश्वकै उत्कृष्ट पाँचौँ लिग हुने बताइसकेका छन् ।
रोनाल्डो र बेन्जेमा साउदी प्रो लिगमा जोडिइसकेका छन् र मेस्सी पनि जाने हल्लाले यो लिग झन झनै प्रख्यात बन्दै गइरहेको छ ।
Facebook Comment
Comment