करिम बेन्जेमाले साउदी प्रो लिग खेल्ने पक्का, मेस्सीको पनि कुरा चल्दै

नेपालभ्युज

करिम बेन्जेमाले साउदी प्रो लिग खेल्ने पक्का, मेस्सीको पनि कुरा चल्दै

एजेन्सी। बालोन डी’ओर विजेता करिम बेन्जेमाले रियल म्याड्रिड छोडेपछि साउदी अरेबियाको च्याम्पियन अल-इतिहादसँग तीन वर्षको सम्झौता गरेका छन् ।

बेन्जेमाले यसै हप्ता स्पेनिस क्लब रियल मड्रिड छाडेका थिए ।३५ वर्षीय फ्रान्सेली स्ट्राइकर बेन्जेमाले रियल मड्रिडमा १४ वर्षमा ५ च्याम्पियन्स लिग र चार ला लिगासहित २५ ट्रफी जितेका थिए ।

उनले रियलका लागि ३५४ गोल गरेका छन्  जुन  क्रिस्टियानो रोनाल्डोपछि दोस्रो हो ।रियलमा ४५० गोल गरेका रोनाल्डो अर्को साउदी क्लब अल-नासरबाट खेलिरहेका छन् ।

“यो राम्रो लिग हो र त्यहाँ धेरै राम्रा खेलाडीहरू छन्,” बेन्जेमाले भने, “क्रिस्टियानो रोनाल्डो पहिले नै त्यहाँ छन्, म युरोपमा जस्तै जित्नको लागि यहाँ छु।’

अल-इतिहाद वुल्भ्स र टोटेनहम पूर्व मालिक नुनो एस्पिरिटो सान्तो द्वारा सञ्चालित क्लब हो ।  अल-इतिहाद चार प्रमुख साउदी अरेबियाका क्लबहरू मध्ये एक हो जुन देशको सार्वजनिक लगानी कोषको लगानीमा छ ।  यसै कोषको स्वामित्व न्यूक्यासल युनाइटेडसँग पनि छ।

यस्तै पेरिस सेन्ट जर्मेइन छाडेका लियोनल मेस्सीले पनि साउदीको अल हिलाल क्लबसँग जोडिने तयारी गरेका छन् ।  गत वर्ष साउदीको अल नासरमा जोडिएका क्रिष्टियानो रोनाल्डोलेले साउदीको प्रो लिग अब विश्वकै उत्कृष्ट पाँचौँ लिग हुने बताइसकेका छन् ।

रोनाल्डो र बेन्जेमा साउदी प्रो लिगमा जोडिइसकेका छन् र मेस्सी पनि जाने हल्लाले यो लिग झन झनै प्रख्यात बन्दै गइरहेको छ ।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved