शरीरमा किन आवश्यक छ प्रोटिन ?

नेपालभ्युज

शरीरमा किन आवश्यक छ प्रोटिन ?

एजेन्सी । प्रोटिन हाम्रो शरीरका लागि एकदमै जरुरी मेक्रोन्यूट्रिएन्ट हो । यसले शरीरमा कोषिकाहरुको निर्माण तथा त्यसको रेखदेख गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले शरीरलाई ऊर्जा प्रदान गर्नका लागि कोषिकाहरुलाई इन्धन दिने काम गर्छ । त्यसैले प्रत्येक व्यक्तिले आफ्नो दैनिक खानपानमा पर्याप्त  मात्रामा प्रोटिन लिन  जरुरी हुन्छ । प्रोटिन कैयौं प्रकारका अमिनो एसिडहरु मिलेर बन्दछ ।

हिजोआज हामीले देखिरहेका हुन्छौं प्रोटिनलाई बडी बिल्डिंगसँग मात्र जोडिएको हुन्छ । यस्तो मान्यता छ कि बडी बिल्डरहरुलाई मात्र प्रोटिनको आवश्यकता छ । विशेषज्ञहरुका अनुसार यो कुरा सही हो बडी बिल्डरहरुलाई अन्यको तुलनामा अत्यधिक मात्रामा प्रोटिनको आवश्यकता पर्दछ । तर यसको अर्थ सामान्य व्यक्तिका लागि प्रोटिनको आवश्यकता पर्दैन भन्ने होइन । हरेक व्यक्तिले प्रयाप्त मात्रामा दैनिक प्रोटिन लिन आवश्यक छ ।

शरीरको विकासमा सहयोगी
कोषिकाहरुको विकासका लागि प्रोटिन एकदमै आवश्यक हुन्छ । यसले कोषिकामा हुने नोक्सानबाट जोगाउँछ र त्यसलाई रिपेयर गर्न पनि सहयोग गर्दछ ।

एन्टीबडी बनाउँछ
शरीरमा एन्टीबडीको निर्माणका लागि पनि प्रोटिन एकदमै जरुरी हुन्छ । यसले बाहिरका हानिकारक कणहरु, भाइरस तथा ब्याक्टेरियाहरुसँग लड्नका लागि रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ ।

शरीरलाई बलियो बनाउँछ

प्रोटिनमा केही प्रकारका कोलेजन, केरेटिन तथा इलास्टीन पाइन्छन् । यसले कोषिकाहरुमा कठोरता प्रदान गर्छ । मुख्य रुपमा यो प्रोटिन तपाईंको कपाल तथा छालामा हुने गर्दछ । यसले हड्डी, टेन्डन तथा लिगामेन्टहरुलाई बलियो बनाउने काम गर्छ । यसले शरीरका विभिन्न भागहरुमा संरचना, शक्ति प्रदान गर्दछ ।

न्यूट्रिएन्ट्स र अक्सीजनलाई ट्रान्सपोर्ट गर्छ

केही प्रोटिन शरीरमा अक्सीजन तथा पोषक तत्वहरुको सर्कुलेशनमा भूमिका निर्वाह गर्छन् । जस्तै हेमोग्लोबिन एउटा प्रोटिन हो जसले रगतमा आइरनसँग मिलेर अक्सीजनलाई बढाउने तथा पोषक तत्वलाई ट्रान्सपोर्ट गर्ने गर्दछ ।

हर्मोन बनाउँछ

कुनै प्रोटिनले शरीरमा क्यामिकल मेसेन्जरको रुपमा कार्य गर्छन् । यसले कुनै हर्मोनहरु जस्तै ग्रोथ हर्मोन, इन्सुलिन आदि निर्माणका लागि आवश्यक हुन्छ । त्यसैले यी हर्मोनलाई सन्तुलन गर्न र नर्वस सिस्टमलाई स्वस्थ राख्नका लागि जरुरी हुन्छ ।

एनर्जी प्रदान गर्छ

जब तपाईं पर्याप्त मात्रामा प्रोटिन लिनुहुन्छ भने यसले आवश्यक पर्दा शरीरमा ऊर्जाका लागि पनि प्रयोग हुन्छ । खासगरी तपाईंले जब काब्र्स कम लिइरहनु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved