प्रेमिकालाई मारेर आफैँलाई खुकुरी हानी आत्महत्या प्रयास

संखुवासभाको खाँदबारी–१ घिमिरे गाउँमा प्रेमिकालाई मारेर आफूले आत्महत्या प्रयास गर्दा एक युवक गम्भीर घाइते भएका छन्। प्रेमिकालाई खुकुरी प्रहार गरेर हत्या गरेर आफूलाई पनि आफैँ खुकुरी प्रहार गरी गम्भीर घाइते भएका हुन्।

नेपालभ्युज

प्रेमिकालाई मारेर आफैँलाई खुकुरी हानी आत्महत्या प्रयास

काठमाडौं। संखुवासभाको खाँदबारी–१ घिमिरे गाउँमा प्रेमिकालाई मारेर आफूले आत्महत्या प्रयास गर्दा एक युवक गम्भीर घाइते भएका छन्। प्रेमिकालाई खुकुरी प्रहार गरेर हत्या गरेर आफूलाई पनि आफैँ खुकुरी प्रहार गरी गम्भीर घाइते भएका हुन्।

खाँदबारीमा डेरा गरी बस्दै आएकी युना दर्नाललाई शुक्रबार बिहान सभापोखरी गाउँपालिका १ का नन्दराम गदालले हत्या गरका हुन्। उनले आफ्नै पेटमा पनि खुकुरी प्रहार गरेर गम्भीरर घाइते भएका हुन्। उनी प्रहरी सेवामा भर्खरै प्रवेश गरेका व्यक्ति हुन्।

सभापोखरी–१ का मृतक दर्नाल खाँदबारीमा डेरामा बस्दै आएकी थिइन्। दर्नानलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी  वीरेन्द्र गोदारले जानकारी गराए।

घाइते गदालको जिल्ला अस्तपाल खाँदबारीमा उपचार भइरहेको छ। घाइते २१ वर्षीय गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ। हत्याको कारण भने खुल्न सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved