प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि नेपाली राजदूत शंकर र भारतीय विदेशमन्त्री जयशंकरको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १७ देखि २० सम्म गर्ने भारतको भ्रमणको तयारी स्वरूप नेपाली राजदूत डा शंकरप्रसाद शर्मा र भारतीय विदेशमन्त्री जयशंकरको भेटबीच भेट भएको छ।

नेपालभ्युज

प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि नेपाली राजदूत शंकर र भारतीय विदेशमन्त्री जयशंकरको भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १७ देखि २० सम्म गर्ने भारतको भ्रमणको तयारीस्वरूप नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा र भारतीय विदेशमन्त्री जयशंकरको भेटबीच भेट भएको छ।

संघीय संसद्मा बजेट वक्तव्य पेस गरेलगत्तै प्रधानमन्त्री प्रचण्ड जाने तय भएको भ्रमणको तयारीको लागि राजदूत शर्मा र विदेशमन्त्रीबीच दिल्लीमा छलफल भएको हो।

‘‘उहाँकै कार्यालयमा परराष्ट्रमन्त्रीलाई भेटेर खुसी लाग्यो। हामी दुवैले आगामी दिनहरूमा हाम्रो सदियौँ पुरानो बहुआयामिक सम्बन्धलाई अझ फराकिलो र गहिरो बनाउने इच्छा र प्रतिबद्धता व्यक्त गरेका छौँ’’ राजदूत शर्माले ट्विट गरेका छन्।


परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर प्रचण्डको भ्रमण जेठ १७ देखि २० सम्म गर्न गृहकार्य गरेको थियो । जसमा दुवै मुलुकले सहमति जनाइसकेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रचण्डको जेठ १८ बिहीबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता हुने तय भएको छ।

वैशाखमा भ्रमणको तयारी गरिए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री प्रचण्डको भ्रमण रोकिएको थियो । त्यसपछि भारतकै चुनाव र नेपालमा बजेट पेस गर्ने इत्यादिका कारणले भ्रमण केही समय सरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved