कृतिम खुट्टाले सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका हरिलाई भेटेरै दिए प्रधानमन्त्रीले बधाई

नेपालभ्युज

कृतिम खुट्टाले सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका हरिलाई भेटेरै दिए प्रधानमन्त्रीले बधाई

काठमाडौं । कृत्रिम खुट्टाको सहायताले सर्वोच्च शिखर सगरमाथाको चुचुरो टेकेर आएका पूर्वगोर्खा सैनिक हरि बुढामगरलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटेरै बधाई दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमै बोलाएर हरिसहित उनका टोलीलाई बधाई दिएका हुन् ।

कृत्रिम खुट्टाले सगरमाथा चढेर विश्व रेकर्ड कायम गरेका हरिको भव्य स्वागत

हरिले यो आरोहणसँगै सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडामाथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्डसमेत बनाएका छन् ।

रोल्पा थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले पाँच वर्षको प्रयासपछि सगरमाथाको सफल आरोहण गरेका हुन् । उनको देशभित्र मात्रै होइन, विदेशमा समेत चर्चा भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved