ड्युटीमा खटिएका नर्सको चरित्रहत्या गरिएको भन्दै काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)

नेपालभ्युज

ड्युटीमा खटिएका नर्सको चरित्रहत्या गरिएको भन्दै काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। हालै सामाजिक सञ्जाल टिकटकमा अपलोड भएको एउटा भिडियोले बिरामीको सेवा गर्दै ड्युटीमा खटिएका नर्सको चरित्रहत्या भएको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ। उक्त भिडियोको सम्बन्धमा नेपाल नर्सिङ संघले आपत्ति जनाउँदै संघ आबद्ध विभिन्न अस्पतालमा कार्यरत नर्सहरू आन्दोलित भएका हुन्।

गत वैशाख २८ गते चितवनमा अवस्थित बीपी मेमोरियल क्यान्सर अस्पतालको आकस्मिक केयर युनिटमा भएको नर्स र बिरामी कुरुवाबीचको संवादलाई बिना अनुमति टिकटकमा अपलोड गरेर नर्सहरूको पेसागत मर्यादामा आँच पुर्‍याएको भन्दै नर्सिङ संघ आन्दोलित भएको हो।

ड्युटीमा खटिएका नर्सहरूप्रति सत्य तथ्य नबुझी सतही रूपमा व्यक्त गरिएका तुच्छ टिप्पणी र नर्सिङ पेशाप्रति लाञ्छना लगाई आँच पुर्‍याउने कार्य भएकाे भन्दै संघले भर्त्सनासमेत गरेको छ । साथै, घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न पनि सरकार समक्ष संघले माग राखेको छ । एकजना व्यक्तिको गल्ती संग समग्र नर्सिङ पेशालाई जोडेकोमा संघले आपत्तिसमेत जनाएको छ।

गिभिना मगर नामको टिकटक आईडीबाट अस्पतालमा ड्युटीमा रहेका नर्सको भिडिओ खिची टिकटकमा सार्वजनिक गरिएको थियो । उक्त भिडियोमा नर्सले गरेको अमानवीय व्यवहार देखाएको छ। तर, सयौंको विरोध बाबजुद टिकटकले उक्त भिडियो अपलोड गर्ने अकाउन्टमाथि प्रतिबन्ध लगाइसकेको छ ।

“तस्वीरमा उक्त घटनाको विरोध गर्दै र नर्सिङ पेशाको सुरक्षाको माग गर्दै माइतीघरमा आन्दोलनरत नर्सहरू”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved