एजेन्सी । गर्मी मौसममा प्रायः प्यास बुझाउन बच्चालाई ग्लूकोज पानी दिइन्छ । तर के यो स्वास्थ्यका लागि सुरक्षित हुन्छ त ? केही हदसम्म यसलाई सुरक्षित नै मानिन्छ । तर यसको सेवन सीमित मात्रामा गर्नुपर्दछ । यसो नगर्दा स्वास्थ्यका लागि नोक्सान पनि पुग्न सक्छ ।
गर्मीमा लगातार खेल्दा बच्चाहरु थाक्दछन् । त्यस्तो अवस्थामा ग्लूकोज पानी पिउँदा शरीर शितल हुनुका साथै तुरुन्तै ऊर्जा पनि प्राप्त हुन्छ । जसले गर्दा बच्चा सधैं क्रियाशील रहन्छन् । गर्मीमा धेरै नै खेल्ने बच्चाको शरीरलाई हाइड्रेट राख्न एकदमै आवश्यक हुन्छ ।
यस्तो अवस्थामा सादा पानीको सट्टा ग्लूकोज पानी दिँदा राम्रो काम गर्दछ । जसले बच्चालाई हाइड्रेट राख्नुका साथै शक्ति पनि प्राप्त हुन्छ । सादा पानी मात्रै नखाने बच्चाले पनि ग्लूकोज राखेर दिँदा सजिलै खान्छन् ।
ग्लूकोज पानीको ठाउँमा अन्य चिसो पेय पदार्थ घरमै बनाएर पनि दिन सकिन्छ । जस्तै मही, लस्सी, फलफूलको जुस, आँपको जुस, नरिवल पानी आदि । यस्ता जुसले शरीरलाई हाइड्रेट राख्नुका साथै अन्य पोषक तत्व पनि शरीरले प्राप्त गर्दछ ।
विकल्पको रुपमा यसलाई पनि बच्चाको खानपानमा समावेश गर्न सकिन्छ ।
Facebook Comment
Comment