एजेन्सी । जहाँ प्रेम छ त्यहाँ झगडा पनि हुनु स्वभाविक हो । यसका लागि चिन्ता लिनु हुँदैन बरु दिमाग र मनले काम लिनु पर्छ । आउनुहोस् जानौं सम्बन्धमा आइरहेको टकरावहरुलाई कसरी कम गर्ने भनेर–
- यदी तपाईंको पार्टनरले केही भनिरहेको छ भने उसलाई सुन्नु पर्दछ । पार्टनरको कुरा सुन्नु पनि सम्बन्धलाई बलियो बनाउनु हुन्छ ।
- यदी तपाईंको पार्टनर रिसाएर केही भनिरहेको छ भने त्यस्तो बेला ठूलो स्वरमा बोलेर समस्या समाधान हुँदैन । त्यसैले एक जनालाई रिस उठेर कराइरहेको बेला अर्को शान्त रहने कोसिस गर्नुपर्दछ ।
- परिवारका अन्य सदस्यलाई बीचमा ल्याएर दुई जना बहस गर्नु हुँदैन । किनकी परिवारको महत्व छुट्टै हुन्छ भने पार्टनरको महत्व छुट्टै हुन्छ । त्यसैले परिवारको कुरालाई लिएर दुई जनाले झगडा गर्दा सम्बन्ध खराब हुन सक्छ ।
- झगडा हुँदैमा कहिल्यै पनि सम्बन्धलाई नै टाढा बनाउने गर्नु हुँदैन । गलत भएको खण्डमा माफी मागेर विषयलाई त्यही समाप्त गर्नुपर्दछ ।
- आफ्नो कामबाट फूर्सद मिलाएर कहिलेकाँही घुम्न पनि जानु पर्दछ । यसले सम्बन्धलाई बलियो बनाउनुका साथै एकअर्काप्रति समय पनि निकाल्न सकिन्छ ।
- यदी जीवनमा शान्ति चाहनुहुन्छ भने अफिसलाई घर र घरलाई अफिसमा कहिल्यै नलग्नुहोस् । यसले तनाव बढ्न सक्छ जसले गर्दा पार्टनरसँग सम्बन्ध बिग्रन सक्छ ।
- हरेक कुरालाई छोडेर एकअर्काको ध्यान दिनुहोस् । सानो सानो झगडा भएपनि माया गर्न नभुल्नुहोस् । एकअर्काको समस्यालाई बुझ्ने प्रयास गर्नुपर्दछ
Facebook Comment
Comment