घरमै यसरी गर्नुहोस् चकलेट फेसियल

नेपालभ्युज

घरमै यसरी गर्नुहोस् चकलेट फेसियल

एजेन्सी । फेसियल गर्नाले अनुहार सफा र चम्किलो हुन्छ । त्यसैले महिनामा एक पटक फेसियल गर्ने सल्लाह दिइन्छ । तपाईं घरमै पनि चकलेटको सहयोगमा फेसियल गर्न सक्नुहुन्छ ।

जानौं चकलेटले फेसियल गर्ने तरिका–

अनुहार क्लिजिंग गर्ने

एक चम्चा कोको पाउडरमा एक ठूलो चम्चा चिसो दुध मिसाउनुहोस् । अब कपासको प्याडको सहयोगले यस पेस्टलाई अनुहारमा लगाएर सफा गर्नुहोस् ।

अनुहार मसाज गर्ने

एक चम्चा कोको पाउडरमा एक चम्चा एलोवेरा जेल मिसाएर अनुहारमा लगाउनुहोस् । केहीबेर मसाज गर्नुहोस् ।

स्क्रब गर्ने

एक सानो चम्चा कोको पाउडरमा एक चम्चा चिनी र नवरिवलको तेल मिसाउनुहोस् । यसलाई आफ्नो अनुहारमा लगाएर केहिबेर घोटेर सफा गर्नुहोस् ।

फेस प्याकको प्रयोग

एक चम्चा महमा एक चम्चा कोको पाउडर मिसाएर फेस प्याक तयार गर्नुहोस् । यस प्याकलाई अनुहारमा लगाएर ५ देखि ७ मिनेट राखेर अनुहार धुनुहोस् ।

मोइस्चराइज गर्नुहोस्

एक चम्चा कोको पाउडरमा आधा चम्चा कागतीको रस मिसाएर पेस्ट तयार गर्नुहोस् । अब उक्त पेस्टलाई अनुहारमा हल्का मसाज गरेर लगाउनुहोस् । यसले छालालाई मोइस्चराइज गर्छ ।

चकलेटका फाइदा

छालालाई मुलायम बनाउन तपाईं चकलेटको प्रयोग गर्न सक्नुहुन्छ । छालामा चकलेटको प्रयोग गर्नाले उमेर बढ्दै जाँदा आउने चाउरीपना वा दागधब्बा हटाउन सहयोग गर्छ । यसले छाला जवान बनाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved