९ वर्षअघिको अनुदान अझै नपाएपछि कपिलवस्तुका उखु किसानको माइतीघरमा धर्ना

नेपालभ्युज

९ वर्षअघिको अनुदान अझै नपाएपछि कपिलवस्तुका उखु किसानको माइतीघरमा धर्ना

काठमाडौं।  ९ वर्षअघि आफूले पाउनुपर्ने अनुदान सरकारले नदिएपछि कपिलवस्तुका उखु किसानहरू काठमाडौंमा धर्नामा बस्न बाध्य भएका छन् ।

२०७१ सालमा उखुमा दिने भनिएको अनुदानमा एकरूपता नभएको र आफूहरूले मात्रै सो अनुदान नपाएपछि काठमाडौंको माइतीघर मण्डलामा आएर धर्नामा बस्न बाध्य हुनुपरेको कपिलवस्तु उखु किसान संघर्ष समितिका सदस्य रामलाल कलवारले जानकारी दिए ।

२०७१ सालमा सरकारले उखु किसानहरूलाई प्रतिक्विटल २५ रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो । तर, सो रकम अझसम्म पनि सरकारले नदिएपछि न्यायको खोजीमा उनीहरू काठमाडौं आएका हुन् ।

अनुदानको रकम लिनका लागि जिल्ला प्रशासन कार्यालयमा दिइएको दबाब काम नलागेपछि काठमाडौंमा आएर धर्नामा बस्नुपरेको संघर्ष समितिका सदस्य रामलाल कलवारले बताए । उनले आफूहरूलाई सो अनुदान नदिएसम्म धर्नाको कार्यक्रम अन्त्य नगर्ने चेतावनीसमेत दिए ।

उनीहरूले अन्य जिल्लालाई दिइएको त्यो अनुदानको बापतको रकम आफूलाई नदिएको भन्दै ५ दिनयता काठमाडौंमा धर्ना कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । तर, सरकारले कुनै सुनुवाइ नगरेको उनीहरूको गुनासो छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved