गठबन्धनले मधेशमा जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने

नेपालभ्युज

गठबन्धनले मधेशमा जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने

काठमाडौं । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ । गठबन्धनमा सहमति भएसँगै त्यहाँ जसपा सरकारले निरन्तरता पाउने भएको हो ।

शुक्रबार सिंहदरबारमा बसेको गठबन्धनको शीर्षस्थ नेताहरूको बैठकमा यसबारे सहमति भएको मधेशका जसपा सांसद आशिष यादवले जानकारी दिए ।

अहिलेसम्म पालैपालो नेतृत्व गर्ने भनिएपनि सुरूमा कसले गर्ने भन्नेबारे सहमति भएको थिएन । तर, सहमति भएसँगै अब जसपा नेतृत्वको सरकारले निरन्तरता पाउने उनले बताए । त्यहाँ कांग्रेस, लोसपासहितका दलहरूले सरकारको नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएका थिए ।

यसबारे प्रदेशमा पनि सहमति हुने यादवले बताएका छन् । प्रदेशमा गठबन्धनको बैठक आइतबार बस्नेछ । त्यहाँ छलफलपश्चात् सहमति हुने उनले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved