गर्मीमा कपालको पसिना कम गर्ने उपाय

नेपालभ्युज

गर्मीमा कपालको पसिना कम गर्ने उपाय

एजेन्सी । गर्मी मौसमको चर्को घाममा कपालमा समेत पसिना निस्कने गर्दछ । जसले गर्दा कपाल चिपचिप हुने र छिटै फोहोर जस्तो देखिने गर्छ । त्यसैले गर्मीमा सजिलो तरिका अपनाएर पनि कपालको पसिना कम गर्न सकिन्छ ।

कपाल धुने

गर्मीमा हुने चर्को घामले कपालमा पसिना आउनु स्वभाविक हुन्छ । त्यसैले जाडो मौसमको तुलनामा गर्मीमा धेरै दिन कपाल धुनुपर्ने हुन्छ । कम्तीमा हप्तामा २ देखि ३ पटक कपाल अनिवार्य धुनुहोस् ।

सुकाउने तरिका

गर्मीमा कपालमा आउने पसिनाबाट बच्न धोएपछि प्राकृतिक तरिकाले नै सुक्न दिनुहोस् । हेयर ड्रायरको तातो हावाले कपालमा झनै धेरै पसिना निकाल्न सक्छ ।

कागती

एलोबेराको जेलमा कागतीको रस मिसाउने र नुहाउनु भन्दा आधा घण्टा अगाडी कपाल तथा टाउकोमा लगाउने । यो मिश्रणले कपालमा धेरै पसिना आउने समस्यालाई कम गर्दछ ।

एप्पल साइडर भेनेगर

गर्मीमा कपालमा आउने पसिना तथा चिपचिपेपनबाट छुट्कारा पाउन एप्पल साइडर भेनेगरको प्रयोग गर्न सकिन्छ । एक गिलास मनतातो पानीमा एक चम्चा एप्पल साइडर भेनेगर मिसाएर कपालको जरामा लगाउँदा एकदमै फाइदा हुन्छ । यसलाई आधा घण्टा लगाएर माइल्ड स्याम्पुले नुहाउन सकिन्छ ।

हाइड्रेट रहने

के तपाईंलाई थाहा छ गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्ने गरेमा पनि कपालको पसिना कम गर्न सकिन्छ । त्यसैले कपालमा आउने पसिनाबाट छुट्कारा पाउनका लागि पानी धेरै पिउनु पर्दछ ।

कपाललाई खुकुलो गरी बाँध्ने

गर्मीमा कपाललाई गलत तरिकाले बाँध्ने वा खुल्ला छोड्ने गरेमा पनि पसिनाको समस्या आउन सक्छ । त्यसैले गर्मी मौसममा कपाललाई धेरै खुल्ला नछोड्नुहोस् । जसले गर्दा पसिना आउने गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved