एजेन्सी । शरीरलाई रोगको घर तथा औषधीको बोझ बढाउनु भन्दा प्राकृतिक तरिकाले नै स्वस्थ राख्नु राम्रो हुन्छ । यस्तोमा मर्निंग वाकलाई आफ्नो दैनिकीमा समावेश गर्नुपर्ने हुन्छ ।
फिट रहनका लागि मर्निंग वाक गर्नु एकदमै फाइदाजनक हुन्छ । तर बिहान हिँड्दा केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । आउनुहोस् यसबारेमा जानौं–
- मर्निंग वाकबाट फाइदा प्राप्त गर्नका लागि दिनहुँ कम्तीमा ३० मिनेट हिँड्नुपर्छ ।
- हिँड्ने बेला पोस्चर सीधा राख्नुहोस्, खासगरी यदि तपाईं शरीरलाई पूरै कसरत गराउने तरिकाले हिँड्नुहुन्छ भने पोस्चरलाई ध्यान दिन जरुरी छ ।
- केही खाएपछि तुरुन्तै कसरत गर्नबाट बच्नुपर्छ । मर्निंग वाकको बेला पनि अत्यधिक पानी पिउनु हुँदैन ।
- शरीरलाई फिट राख्न चाहनुहुन्छ भने बिहान केही दुरीमा छिटोछिटो हिँड्नुहोस् । सुरुका दिनमा केही ढिलो हिँडे पनि केही दिनपछि गति बढाउँदै लानुपर्छ ।
- मर्निंग वाक गर्दा जहिले पनि पैदल हिँड्ने बाटोको प्रयोग गर्नुपर्दछ । सडकको बीचबाट हिँड्नबाट बच्नुपर्छ ।
- लिफ्टको कम प्रयोग गरेर पनि मर्निंग वाकको फाइदा पाउन सकिन्छ । जहाँ पनि भर्याङको प्रयोग नै गर्नुहोस् ।
Facebook Comment
Comment