डिजिटल तनावबाट छुट्कारा पाउने तरिका

नेपालभ्युज

डिजिटल तनावबाट छुट्कारा पाउने तरिका

एजेन्सी । डिजिटल उपकरणहरुको धेरै प्रयोगले हरेक उमेरका मानिसलाई प्रभावित बनाइरहेको छ ।

त्यसैले यदी तपाईं पनि धेरै स्क्रिनमा समय बिताइरहनुहुन्छ भने विभिन्न तरिकाहरु अपनाएर डिजिटल स्ट्रेसबाट छुट्कारा पाउन सक्नुहुन्छ ।

  • टाउको दुख्ने, कम्मर दुख्ने, चिडचिड हुने, टाउको भारी हुने, आँखा दुख्ने तथा पोल्ने आदि डिजिटल स्ट्रेसका लक्षणहरु हुन् ।
  • मोबाइल ल्यापटप तथा कम्प्यूटर जस्ता डिजिटल उपकरणहरुबाट ब्लू लाइट निस्कन्छ, जो डिजिटल स्ट्रेसको कारण बन्न सक्छ । त्यसैले ब्लू लाइट फिल्टर खोल्नुका साथै ब्लू कट लेन्सको पनि प्रयोग गर्नुपर्दछ ।
  •  डिजिटल उपकरण धेरै समय हेरिरहनबाट बच्नका लागि ३०–३० को नियम पालना गर्नुहोस् । जसअनुसार ३० मिनेटसम्म स्क्रीन हेरिसकेपछि ३० सेकेन्डका लागि आँखालाई अन्य वस्तुमा लगेर आँखामा फोकस बनाउने ।
  •  डिजिटल स्ट्रेसबाट बच्नका लागि आफूलाई नियन्त्रण गर्न सिक्नुहोस् । कामको समय बाहेक अन्य समयमा डिजिटल उपकरणहरुबाट दुरी बनाउने कोसिस गर्नुहोस् । खाएदेखि सुतेसम्म स्क्रीनको प्रयोग गर्न छोड्नुपर्छ ।
  •  यदी तपाईंलाई घण्टौं कम्यूटर वा ल्यापटपमा काम गर्नु पर्छ भने आफ्नो एउटा तालिका बनाउनुहोस् । हरेक ३० देखि ४० मिनेटपछि स्क्रीनबाट ५ मिनेटका लागि आराम गर्नुहोस् । जसले गर्दा डिजिटल तनावबाट बच्न सकिन्छ ।
  •  त्यस्तै कामको बीचमा आँखाको एक्सरसाइज पनि गर्न सकिन्छ । बीचबीचमा आँखालाई कसरत गराउँदा टाउकोमा हुने तनाव पनि कम हुन्छ । त्यसैले आँखालाई तलमाथि दायाँवायाँ, गोलाकार घुमाउने गर्नुपर्दछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved