सुत्ने बेलामा अनुहारमा बेसार लगाउँदा हुन्छ अनेकौं फाइदा

नेपालभ्युज

सुत्ने बेलामा अनुहारमा बेसार लगाउँदा हुन्छ अनेकौं फाइदा

एजेन्सी। बेसारमा एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटरी गुण पाइन्छ जो छालाका लागि एकदमै आवश्यक हुन्छ । दिनहुँ अनुहारमा रातमा सुतेको बेला बेसार लगाउँदा  अनेकौं फाइदा हुन्छन् । यसले छालामा हुने संक्रमण तथा समस्याबाट पनि छुट्कारा दिन्छ । यसबाहेक बेसारको पेस्टले कस्तो फाइदा  दिन्छ त ? आउनुहोस् यसबारे जानौं :

– बेसारमा एन्टिइन्फ्लामेटरी गुण हुन्छ जो अनुहार सुन्निने जस्तो समस्या कम गर्न सहयोगी हुन्छ । यसमा पाइने तत्वले छाला सुन्निएको कम गर्छ र अनुहार राम्रो बनाउँछ ।

– अनुहारमा आएका दाना तथा डन्डीफोरका लागि पनि बेसार लगाउनु एकदमै फाइदाजनक हुन्छ । बेसारले ब्याक्टेरियालाई अनुहारमा आउन दिँदैन ।

– अनुहारमा घामको कारणले आएको कालो दागहरू कम गर्न पनि तपाईं रातभर बेसार लगाउन सक्नुहुन्छ । यसको प्रयोगले विभिन्न खाले दाग र धब्बाहरू कम हुँदै जान्छ ।

– दिनहुँ रातमा बेसार लगाउने गरेमा चाउरीपना पनि कम हुँदै जान्छ । यसले तपाईंको छालाको रंगमा पनि निखार ल्याउने काम गर्दछ ।

– बेसारको प्रयोगले अनुहारमा आएको कालोपनालाई कम गर्दछ र प्राकृतिक चमक ल्याउने काम गर्छ । यसको प्रयोगले छालाको प्राकृतिक गोरोपन आउँछ ।

– अनुहारमा बेसार लगाउने गरेमा छाला कसिलो हुन्छ जसले गर्दा अनुहार जवान देखिन्छ । यदि, सधैं जवान देखिन चाहनुहुन्छ भने रातमा बेसार लगाउने गर्नुहोस् ।

बेसार अनुहारमा लगाउनका लागि एक चम्चा बेसारमा गुलाब जल राखेर पेस्ट बनाउनुहोस् । उक्त पेस्टलाई सम्पूर्ण अनुहार तथा घाँटीको भागमा लगाउनुहोस् । यसलाई तपाईं बिहान उठेर सफा गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved