काठमाडौं। कवि तथा पत्रकार देव व्रतको कविता संग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ विमोचन भएको छ। शनिबार राजधानीको सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रमकाबीच उक्त कविता संग्रह विमोचन गरिएको हो।
संग्रहमा ३८ कविता समावेश गरिएको छ। कोठा, के छ?, आगमन, ऊ, तिमी गएपछि, सहर, नक्कली किसान, पृथ्वी, कर्णाली, आमा तिमी मूर्ख हौ, अश्वत्थामाको निधारबाट बागमती बग्छ लगायतका कविताहरू संग्रहमा समावेश गरिएको हो।
उनको यो पहिलो कविता संग्रह हो। कवितामा सरल भाषा अपनाएर समाजका विकृति र विसंगतिका बारेमा असन्तुष्टि व्यक्त भएको छ।
विमोचन कार्यक्रमको प्रमुख अतिथिको रूपमा कवि तथा गीतकार श्रवण मुकारुङ उपस्थित थिए। मुकारुङले कविता संग्रहमा संग्रहित कविता पढ्दा कवि व्रतले नयाँ कविजस्तो आफूलाई नलागेको बताए।
‘ती चरणहरु बुढ्यौली अवस्थासम्म पनि कायमै हुन्छ। तर उहाँको यो कविता पढ्दा लाग्यो, उनी नयाँ कवि होइनन्। उनी निखारिएका कवि हुन जस्तो लाग्यो,’ उनले विमोचन कार्यक्रममा भने।
Facebook Comment
Comment