आर्सनलले सिटीसँगको दूरी १ अंकमा झार्यो, वेस्टहमले युनाइटेडलाई हरायो

नेपालभ्युज

आर्सनलले सिटीसँगको दूरी १ अंकमा झार्यो, वेस्टहमले युनाइटेडलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटीबीचको लुकामारी जारी छ । दुवै टोली शीर्ष स्थानको दौडमा रहेका छन् ।

आइतबार रातिको खेलमा आर्सनलले घरेलु टोली न्युकासल युनाइटेडलाई २-० ले हरायो । आर्सनलका लागि कप्तान मार्टिन आडेगार्डले गोल गरे भने ७१ औं मिनेटमा अर्को गोल आत्मघाती गोलको उपहार पायो ।

आर्सनलको ३५ खेलबाट ८१ अंक भएको छ भने एक खेल कम खेलेको सिटी ३४ खेलमा ८२ अंकसहित शीर्ष स्थानमा छ । न्युकासल ३४ खेलबाट ६५ अंकसहित तेस्रो स्थानमै छ ।

आइतबार रातिकै अर्को खेलमा म्यानचेष्टर युनाइटेड वेष्टहमसँग १-० ले पराजित भएको छ । वेष्टहमको घरेलु मैदानमा पहिलो हाफमा युनाइटेडका साइद बेनराहमाले गरेको गोल नै निर्णायक बन्यो । ६३ अंकसहित युनाइटेड चौथो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved