प्रचण्ड अस्वस्थ : महोत्तरी जाने कार्यक्रम स्थगित, भेटघाट बन्द

नेपालभ्युज

प्रचण्ड अस्वस्थ : महोत्तरी जाने कार्यक्रम स्थगित, भेटघाट बन्द

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्यमा समस्या देखिएको छ।

शुक्रबारदेखि सामान्य अस्वस्थ दाहाललाई रुघाखोकीसहितको समस्या देखिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन्। दाहाल आज शनिबार महोत्तरीको रामगोपाल नगरपालिकाले आयोजना गरेको कार्यक्रममा उपस्थित हुने कार्यतालिका थियो। स्वास्थ्यमा समस्या देखिएपछि महोत्तरी जाने कार्यक्रम पनि स्थगित भएको ती नेताले जानकारी दिए।

उनका अनुसार दाहाल चिकित्सकको परामर्शमा घरमै आराम गरिरहेका छन् भने सबै किसिमका भेटघाटका कार्यक्रम बन्द गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved