‘ए’ डिभिजन लिग : एपीएफ र फ्रेन्ड्सको बराबरी

नेपालभ्युज

‘ए’ डिभिजन लिग : एपीएफ र फ्रेन्ड्सको बराबरी

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीचको खेल बराबरीमा सकिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा फ्रेन्ड्स र एपीएफबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो।

एपीएफका लागि नवीन लामाले गोल गरे भने फ्रेन्ड्सको लागि राफिक अमिनुले गरे फर्काए। खेलको २७औँ मिनेटमा प्रदीपले गोल गर्दै एपीएफलाई अग्रता दिलाए।

५२औँ मिनेटमा राफिकले फ्रेन्ड्सको लागि गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्‍याए। १३ खेलबाट १८ अंक एपीएफ छैटौं स्थानमा छ। १३ खेलबाट १५ अंक जोडेको फेन्ड्स भने १०औँ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved