स्वदेशमा उत्पादन गरिएका सवारी साधन दर्ताको बाटो खुल्यो

नेपालभ्युज

स्वदेशमा उत्पादन गरिएका सवारी साधन दर्ताको बाटो खुल्यो

काठमाडौं।स्वदेशी उत्पादनका सवारी साधनहरू अब दर्ता हुने भएका छन्। यातायात व्यवस्था विभागले बिहीबार कार्यविधि संशोधन तथा थप गर्दै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारी साधनलाई पनि दर्ता दिने बाटो खुल्ला गरेसँगै अब नेपालमा उत्पादन भएका सवारी दर्ताको बाटो खुलेको हो।

यातायात व्यवस्था, कार्यविधि २०६० लाई संशोधन गरेसँगै अब विदेशबाट पार्टस् तथा कच्चा सामग्री ल्याई स्वदेशमा सवारी एसेम्बलिङ गर्ने र सबै पार्टस समेतको तयारी सवारी उत्पादन गर्ने कम्पनी र सवारी साधनले पनि सजिलै दर्ता पाउने छन्। यस्तो दर्ता (नम्बर प्लेट) का लागि भन्सार प्रज्ञापनपत्र (एलसी) नचाहिने व्यवस्था गरिएको विभागले जनाएको छ ।

यसअघि, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र कार्यविधि २०६० ले सवारी दर्ताका लागि प्रज्ञापनपत्र र भन्सार तिरेको रसिद अनिवार्य गरेका थियो । त्यसैका कारण नेपालमा उत्पादित भई धेरै चलेको विद्युतीय मोटरसाइकल यात्रीले दर्ता पाउन सकेको थिएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved