काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपनिर्वाचनको परिणामले आफ्नो पार्टीप्रतिको भ्रम र आक्रमणलाई चिरेको बताएका छन् ।
मंगलवार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर उपनिर्वाचनको परिणामको सन्दर्भमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले नेपाली जनताहरु परिवर्तन र देशको समान विकासको पक्षमा रहेको बताए ।
‘यो हाम्रो लागि एउटा महत्वपूर्ण परिणाम हो । यसले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जुन किसिमको भ्रमहरु फैलाइएको थियो, राष्ट्रिय स्वतन्त्र पार्टीलाई जसरी आक्रमण भइरहेको थियो । त्यसलाई पनि चिरेको छ जस्तो लाग्छ’ उनले भने, ‘त्यो भन्दा ठूलो कुरा नेपाली जनताहरु परिवर्तनको पक्षमा छन् । नेपाली जनताहरु युवाहरुको पक्षमा छन् । जनताहरु देशको समान विकासमा विश्वास गर्छन् भन्ने मलाई लाग्छ ।’
Facebook Comment
Comment