आहा ! सौराहा (फोटो फिचर)

घना बस्तीको छेवैमा छ, राप्ती नदी। नदी पारी छ चितवन राष्ट्रिय निकुञ्ज। हरेक क्षण थरीथरीका जङ्गली जनावर र पशुपंक्षीहरू विचरण गरिरहेको दृश्यबाट नलोभिने को होला ? १५ फोटोमा हेरौँ, सौराहाका जङ्गली जनावर र पशुपंक्षीहरू तथा त्यहाँको वातावरण।

आहा ! सौराहा (फोटो फिचर)

काठमाडौं। घना बस्तीको छेवैमा छ, राप्ती नदी। नदी पारी छ चितवन राष्ट्रिय निकुञ्ज। हरेक क्षण थरीथरीका जङ्गली जनावर र पशुपंक्षीहरू विचरण गरिरहेको दृश्यबाट नलोभिने को होला ?

यो ठाउँ हो चितवनको सौराहा। जहाँ हात्ती गैँडा मात्र होइन घोरल, मृग र चित्तलका हुल पनि चर्दै गरेका भेटिन्छन्। कहिलेकाहीँ त राप्ती नदी किनारमा पानी खान आइपुग्छन् बाघ र चितुवा पनि।

चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध छ।

नेपालको आकर्षक पर्यटकीय स्थलमध्येको महत्त्वपूर्ण ठाउँ सौराहामा बाह्रमास आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुन्छ। १५ फोटोमा हेरौँ, सौराहाका जङ्गली जनावर र पशुपंक्षीहरू तथा त्यहाँको वातावरण।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved