काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगर आफ्नै देशको जनताले बनाएको पालिका भएको बताएका छन् ।
शुक्रबार सर्वोच्च अदालतले सिंहदरबारभित्रको फोहोर ३ दिनभित्र उठाउन महानगरलाई आदेश दिएपछि शुक्रबार साँझ सामाजिक सञ्जालमा मेयर शाहले यस्तो बताएका हुन्।
‘१० महिना देखी शुभ समाचार दिदै आएको महानगरपालिका। काठमाडौं महानगरपालिका’ उनले फेसबुकमा लेखेका छन्, ‘सत्य, तथ्य, ईमान्दार पालिका। देशको पालिका, आफ्नै देशको जनताले बनाएको पालिका।’
यसअघि संघीय सरकारले आफूलाई सहयोग नगरेको भन्दै उनले सिंदरबारभित्रबाट फोहोर नउठाउन निर्देशन दिएका थिए।
सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरको निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दर्ता गरेका थिए। सो को सुनावाई गर्दे शुक्रबार सर्वोच्चले फोहर ३ दिनभित्र उठाउन आदेश दिएको हो ।
Facebook Comment
Comment