माइतीघरमा द्वन्द्वपीडितका नारा- लुटिएको सम्पत्ति फिर्ता गर, सरकार मेरो पति खोइ ? (तस्वीरहरू)

प्रदर्शनकारीहरूले ‘पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर’, ‘सरकार मेरो पति खोइ?’ ‘लुटिएको सम्पत्ति फिर्ता गर’, ‘पीडितलाई परिपूरणको ग्यारेन्टी गर’, ‘द्वन्द्वका पीडितलाई कतिन्जेल ढाँट्छौ?’, ‘घाइते, अपाङ्ग र अशक्त पारिएकाहरूको उपचारको ग्यारेन्टी गर’लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन्।

माइतीघरमा द्वन्द्वपीडितका नारा- लुटिएको सम्पत्ति फिर्ता गर, सरकार मेरो पति खोइ ? (तस्वीरहरू)

काठमाडौं। संसदमा पेस गरिएको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धि विधेयक (टीआरसी विधेयक) को संशोधन गर्न माग गर्दै द्वन्द्वपीडित सङ्घर्ष समितिले माइतीघरमा प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले ‘पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर’, ‘सरकार मेरो पति खोइ?’ ‘लुटिएको सम्पत्ति फिर्ता गर’, ‘पीडितलाई परिपूरणको ग्यारेन्टी गर’, ‘द्वन्द्वका पीडितलाई कतिन्जेल ढाँट्छौ?’, ‘घाइते, अपाङ्ग र अशक्त पारिएकाहरूको उपचारको ग्यारेन्टी गर’लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन्।

केही समययता द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संस्था, माओवादी पीडित संघर्ष समिति लगायत द्वन्द्वपीडित परिवारका सदस्यले टीआरसी विधेयकको विगत ३० दिन देखि विरोध प्रदर्शन गर्दै आइरहेका छन्।

शुक्रबारको प्रदर्शनमा स्व. नन्दप्रसाद अधिकारीकी श्रीमती गङ्गा अधिकारी, अधिकारकर्मी कनकमणि दीक्षितको समेत सहभागिता रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved