एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्लोलाई ८ रनले हराएको छ ।
जितका लागि २ सय २७ रनको लक्ष्य पछ्याएको बेङ्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १८ रन बनायो । बेङ्लोरका ग्लेन म्याक्सवेलले ७६ र कप्तान फाफ डु प्लेसिसले ६२ रन बनाए । चेन्नईका तुसार देशपान्डेले तीन विकेट लिए ।
त्यसअघि बेङ्लोरको घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २६ रन बनाएको थियो ।
दुवै इनिङमा गरेर यो खेलमा ४ सय ४४ रन बनेको छ । जारी आईपीएलमा यो सबैभन्दा उच्च स्कोर हो ।
चेन्नईका डेभन कन्वेले सर्वाधिक ८३ रन जोडे । शिवम् दुबे ५२ रनमा आउट भए । जितसँगै चेन्नई अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । बेङ्लाेर सातौँ स्थानमा छ ।
Facebook Comment
Comment