मध्यपुरको बिस्काः जात्राको फोटो वसन्तपुरमा प्रदर्शनी (तस्वीरहरू)

मध्यपुर थिमीमा हुने बिस्काः सिन्दुरे र जिब्रो छेड्ने जात्राको फोटो वसन्तपुरमा प्रदर्शनी भएको छ। बिस्काः जात्रा र जिब्रो छेड्ने जात्राको पूर्वसन्ध्यामा अघिल्ला वर्षहरूको फोटो प्रदर्शन गरिएको हो।

नेपालभ्युज

मध्यपुरको बिस्काः जात्राको फोटो वसन्तपुरमा प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं। मध्यपुर थिमीमा हुने बिस्काः सिन्दुरे र जिब्रो छेड्ने जात्राको फोटो वसन्तपुरमा प्रदर्शनी भएको छ। बिस्काः जात्रा र जिब्रो छेड्ने जात्राको पूर्वसन्ध्यामा अघिल्ला वर्षहरूको फोटो प्रदर्शन गरिएको हो।

मध्यपुर थिमी नगरपालिका र मध्यपुर पर्यटन विकास समितिको संयुक्त आयोजनामा काठमाडौंको वसन्तपुर डबलीमा फोटो प्रदर्शनी गरिएको हो।

प्रदर्शनीमा राससका फोटो पत्रकार रत्न श्रेष्ठले २०७१ सालदेखि ०७८ सालसम्म खिचेको बिस्काः सिन्दुरे र जिब्रो छेड्ने जात्राको ९० वटा तस्वीर राखिएका छन्।

पत्रकार श्रेष्ठका अनुसार स्वदेशी तथा विदेशी पर्यटकहरूलाई मध्यपुरको जात्राबारे जानकारी दिलाउने उद्देश्यले वसन्तपुर डबलीमा फोटो प्रदर्शनी गरिएको हो। प्रदर्शनी आज एक दिन मात्र चल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved