काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुक सङ्कटग्रस्त हुँदै गएको बताएका छन् ।
बुधबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मुलुक सङ्कटग्रस्त हुँदै गएको छ । कसको कारण भन्दाखेरि अराजक गठबन्धनका कारण,’ महासचिव पोखरेलले भने ।
एमाले नेतृत्वको सरकार परमादेशबाट हटाइएपछि मुलुक सङ्कटमा फस्दै गएको आरोप महासचिव पोखरेलले लगाए । ‘जब एमाले नेतृत्वको सरकार परमादेशबाट हटाइयो, त्यसपछि मुलुक सङ्कटमा फस्दै गयो,’ उनले भनेका छन् ।
उनले वामपन्थीहरू एकठाउँ उभिनुपर्नेसमेत बताए । ‘नेताको टाउको नभएर कार्यकर्ताहरूको मन जोड्दामात्रै एकता सम्भव हुने रहेछ भन्ने हामीले जानिसक्यौँ,’ उनले भने, ‘विगतमा नेताको टाउको जोड्यौँ तर, असफल भयौँ । त्यो प्रयोग असफल भयो ।’
महासचिव पोखरेलले माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूलाई एमालेमा सामेल भएर बलियो राष्ट्रिय शक्ति बनाउन आह्वान गरे ।
Facebook Comment
Comment