४२ टन चिनी बोकेको दुईवटा ट्रक प्रहरीको नियन्त्रणमा

नेपालभ्युज

४२ टन चिनी बोकेको दुईवटा ट्रक प्रहरीको नियन्त्रणमा

काठमाडौं। सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बढी (करिब ४२ टन) चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट खटिएको टोलीले चिनीसहितका ट्रक नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका ट्रकहरूमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ नम्बरको ट्रक बर्दघाटस्थितबाट र लु २ ख ९० नम्बरको ट्रक रहेका छन् । ती ट्रकलाई बर्दघाटको चिसापानीस्थित गाडी ग्यारेजबाट नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको चिनी र ट्रक आवश्यक अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाइएको प्रहरीले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved