मुकुन्द न्यौपानेले छाडे एकीकृत समाजवादी

नेपालभ्युज

काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै पार्टीको साधारण सदस्यसमेत नरहेको घोषणा गरेका छन् ।

उनले नेकपा एकीकृत समाजवादी पिँध बिनाको बाल्टी भएको भन्दै ‘भविष्य नभएको पार्टीको नेता हुनभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्त्वपूर्ण कुरा हो’ भन्ने भनाइलाई आत्मसात् गरेर पार्टी छाडेको बताएका छन् ।

उनले भनेका छन्–‘ विचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको द्वन्द्वात्मक भौतिकवादी दर्शनको धारबाट अलगअलग भई वस्तुगत परिस्थितिको ठोस विश्लेषण नै नगरी मार्क्सवादका दुई चार शब्दहरू अगाडि सारेर अवस्तुवादी आत्मगत चिन्तनमा आधारित शास्त्रीय आख्यान पिलाउँदै हिँड्नु भनेको आफूलाई पिँध नभएको बाल्टीमा परिणत गर्नु हो । जति पटक इनारमा डुबाएर ताने पनि माथि आउँदा रितै हुन्छ । आज नेकपा एकीकृत समाजवादीका नेतृत्व पङ्क्तिका कतिपय नेता र तलका कमिटिका कतिपय कार्यकर्ताको हालत यस्तै छ । सांसदको लागि झगडा गर्ने सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने जति खाए पनि नअघाउने जति भरे पनि नभरिने ।’

गत माघ २१ र २२ गतेको केन्द्रीय कमिटीको बैठकमा आफ्नो धारणा सहित ३३ बुँदे फरक मत राखी छलफलको लागि माग गरे पनि हालसम्म कुनै पनि छलफल नभएको प्रति गुनासो गर्दै उनले यस्तो पार्टीमा बस्नुभन्दा नागरिक भएर वस्तु उचित हुने सोच लिएर पार्टी परित्याग गरेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved