एजेन्सी । रातमा सुतेको बेला कतिपय व्यक्तिलाई एकदमै धेरै पसिना आउने गर्दछ । चाहे त्यो जुनसुकै मौसम होस् । रातमा सुतेको बेला पसिना आउनुका पछाडि धेरै कारण हुन सक्छन् ।
धेरै गर्मी समयमा पसिना आउनु एकदमै सामान्य कुरा हो तर यदि एसी वा पंखामा बस्दा पनि एकदमै पसिना आइरहन्छ भने त्यो समस्या हुन सक्छ ।
आज हामी रातमा सुत्ने बेला पसिना आउनु पछाडिका कारण बताउनेछौं । ताकि तपाईं कुनै गम्भीर बिरामी हुनबाट सतर्क हुनुहुनेछ ।
१. रातमा लगाउने कपडा
रातमा सुत्ने बेला पसिना आउने आम कारण चाहिँ तपाईंको रातमा लगाउने र ओढ्ने कपडा पनि हुन सक्छ । सुत्ने बेलामा तपाईं यस्तो कपडा लगाउने गर्नुस् जो खुला र सजिलो होस् । साथमा च्यादर तथा बेडकभर पनि सुतिको कपडाको प्रयोग गर्नु राम्रो हुन्छ । जसले गर्दा शरीरमा सितलता प्रदान गर्छ ।
२. सुत्नु अघि रक्सी पिउनु
कतिपय व्यक्ति रातमा सुत्नुअघि रक्सी पिउने गर्दछन् । तर सुत्ने बेलामा पसिना आउनु एउटा यो कारण पनि हुन सक्छ । रक्सीले मुटुको धड्कन तेज बनाउने गर्दछ । जसले गर्दा स्वास फेर्न पनि समस्या हुन सक्छ ।
३. तनाव र चिन्ता
सुत्ने बेलामा पसिना आउनुको पछाडि अर्को कारण तनाव र चिन्ता पनि हुन सक्छ । कुनै कुरालाई लिएर तपाईं एकदमै तनाव र चिन्तामा हुनुहुन्छ भने पनि रातमा धेरै पसिना आउने गर्दछ । जसले गर्दा मुटु धेरै धड्कीने तथा आत्तिने खालको महसुस हुन्छ ।
४. औषधीको साइड इफेक्ट
सुत्नेबेला पसिना आउनुको पछाडि विभिन्न औषधीको साइड इफेक्ट पनि हुन सक्छ । मधुमेह, रक्तचाप, डिप्रेशन लगायतका रोगका औषधीको सेवनले पनि रातमा पसिना आउने समस्या हुन सक्छ । यस्तो भएमा डाक्टरसँग सल्लाह लिनुपर्दछ ।
५. हर्मोन परिवर्तन
शरीरमा विभिन्न खालको हर्मोनल परिवर्तन भइरहेको हुन्छ । जसका कारणले पनि रातमा पसिना आउने समस्या हुन सक्छ ।
Facebook Comment
Comment