रुकुम पूर्वमा दिदी–बहिनी मृत फेला

रुकुम पूर्वमा दिदी–बहिनी मृत फेला

सुर्खेत। रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदी–बहिनी मृत फेला परेका छन् । बिहीबार बिहान पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मा गाउँका एकै घरका दुई दिदी–बहिनी मृत फेला परेका हुन्।

बुधबार साँझ दुई दिदी–बहिनी सिस्नो टिप्ने भनी घरबाट निस्किएका थिए । तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढा मगर र ९ वर्षीया कालिमाया बुढाको गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगरले जानकारी दिए।

बुधबार साँझ हराएका दुई बालिकाको स्थानीयले खोजी कार्य गर्दा बिहीबार बिहान रन्मा गाउँकै भीरमा मृत फेला पारेपछि प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अञ्जना श्रेष्ठले बताइन्।

स्थानीयबाट प्राप्त भएको खबर अनुसार दुई बालिकाको गरगहना लुटपाट गरी लुटेराले हत्या गरेको हुन् सक्ने आशंका गरिएको डीएसपी श्रेष्ठको बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved